महोत्तरी, २५ चैत्र
महोत्तरीमा दुई किशोरी एकैसाथ बलात्कृत भएका छन् । सुन्दरपुर गाविस –८ बस्ने १४ वर्षीया र १३ वर्षीया किशोरी एकैसाथ बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
nnn
दुवै किशोरी गत बिहीबार राति सुन्दरपुर गाविस–८ बस्ने २५ वर्षीय विनोद यादव र २० वर्षीय कृष्ण यादवबाट बलात्कृत भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

फरार दुवै युवकलाई गएराति जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि जबर्जस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।।