काठमाडौँ, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ बारे सम्बन्धित क्षेत्रको विज्ञ तथा विपक्षी दलका नेताहरूसँग छलफल शुरु गरेका छन् ।

pmबालुवाटारमा शुरु भएको छलफलमा नेपाली काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उपस्थित छन् ।

पछिल्लो समय राजधानीलगायत देशका विभिन्न भागमा कोरोना सङ्क्रमण बढ्दैगएको तथा मृत्यु हुने र लक्षण देखिने दर बढेपछि प्रधानमन्त्रीले छलफल गरेका हुन् ।