इन्द्रेणी संवाददाता
दाङ, २० साउन । दाङमा बबई नदीले वगाउदा एक जनाको मृत्यु भएको छ । नदीले वगाउदा वेपक्ता भएका दंगीशरण गाउँपालिका वडा नं. ७ का ७२ वर्षका विष्णुलाल चौधरीको बबई नदीको किनारामा शव फेलय परेको छ ।
सोमवार दिउँसो गोठबाट घर फर्कने क्रममा नदीले वगाएर वेपत्ता भएका चौधरीको आज मंगलवार विहान बबई नदीको किनारामा शव फेलय परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।











