वीरगञ्ज, २० साउन। वीरगञ्जमा थप ३४ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएका पीसीआर परीक्षणमा सोमबार राति आएको रिपोर्टमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा दुई चिकित्सक, तीन नेपाली सेनासहित ३४ जना छन् ।
नयाँ थपिएका ३४ जना सङ्क्रमितमध्ये ४ जना महिला छन् भने दुई जना बाराका, एक जना सर्लाहीका र एक जना सुर्खेत घर भई नेशनल मेडिकल कलेजमा कार्यरत २८ वर्षीय महिला डाक्टर रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् ।
त्यस्तै अन्य संक्रमितहरुमा चिकित्सक, सैनिक, पत्रकार र थुनुवालगायतका रहेका छन् ।











