प्यूठान, २० साउन । प्यूठानमा गएको आर्थिक वर्षमा १९ करोड रुपैयाँभन्दा वढी राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानका अनुसार जिल्लामा १९ करोड ३३ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

timthumbकोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा अग्रिम आयकर ४ करोड ६७ लाख १० हजार, सामाजिक सुरक्षा १ करोड ९० लाख ४१ हजार, पारिश्रमिक कर १ करोड ५८ लाख ७९ हजार र राहदानी शुल्क ६७ लाख १५ हजार संकलन भएको कोष तथा लेखा नियन्त्रक तुल्सीराम रिजालले बताए ।

अघिल्लो आर्थिक वर्षमा ४ करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । पछिल्लो समय जिल्लामा करदाताको संख्या बढ्दै गएकाले राजस्व संकलनमा वृद्धि भएको कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयबाट मात्रै २ करोड संकलन
प्यूठान मालपोत कार्यालयले एक वर्षमा २ करोड १० लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गएको आर्थिक वर्ष २०७६ ७७ मा मुद्दा र रजिष्ट्रेशनतर्फ राजस्व उठेको कार्यालयले जनाएको छ ।

मुद्दातर्फ ३ लाख ९२ हजार, रजिष्ट्रेशन अन्तर्गत पूँजीगत लाभकरतर्फ ४५ लाख ८४ हजार, पारित लिखततर्फ १ करोड ५७ लाख ८१ हजार, रोक्का, प्रतिलिपि, शेष बकस बदरतर्फ १ लाख ७४ हजार र पुर्जा विक्रीतर्फ ८७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।