इन्द्रेणी संवाददाता
वीरगञ्ज, १८ साउन । बीरगञ्जमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार राति आएको पीसीआर रिपोर्टमा कोरोना सङ्क्रमण देखिएकी ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
नारायणी अस्थायी कोरोना अस्पताल गण्डकका इन्चार्ज डा. निरजकुमार सिंहले वीरगञ्ज महानगरपालिका १६ नगवा निवासी ६८ वर्षीय महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोनाबाट ज्यान गमाउनेको संख्या ५७ पुगेको छ ।











