बझाङ, १७ साउन। बझाङमा एक क्यारेन्टाइनबाट घर पठाएका ६६ जनामा कोरोना संक्रमण देखिएको छ । केदारस्यूँ गाउँपालिकाको क्वारेन्टाइनबाट घर पठाइएका ६६ जनामा कोरोना पुष्टि भएको हो ।

koroशुक्रबार २५ जना र शनिबार ४१ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु थापागाउँ, भाटसैन, भामचौर, काँडाचौर र जसुडालगायतका गाउँका स्थानीय हुन् ।

उनीहरु ८ देखि १२ दिन गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेपछि होम क्वारेन्टाइनमा बस्न भनेर गाउँपालिकाले घर पठाएको थियो । उनीहरुमास कोरोना पुष्टि भएपछि ती गाउँमा त्रास फैलिएको छ ।