सुर्खेत, १८ साउन । बाँके र सुर्खेतको सिमाना बसेका ट्राफिकलाई कोरोना भन्दा पैसाको मोह बढेको यात्रले बताए । विश्वमा नै कोरोना भाइरस कोभिड १९ ले गर्दा विश्व नै आक्रान्त बनिरहेको बेला बबईका ट्राफिक प्रहरीले पैसालाई बढी प्रथामिकता दिएको यात्रुको भनाई छ । यात्रु बैजनाथ गाउँपालिका ४ का धनिराम जैसीले बबईका ट्राफिकलाई कोरोना रोकथामका लागि बबईमा चेकपोष्ट राखेको हो पैसा लिनलाई नभएको भनाइ छ ।

Traffic-Checking-620x330

photo file

मिसन टुडेसंग प्रत्यक्ष भेटवार्ता गर्दै उनले हामी साउन १५ गते राती ८ बजे बाँकेबाट सुर्खेत जाँदै गरेको बा ५ ख ९१३६ को भ्यानमा पाँच जना विरामी भेटनका लागि सुर्खेत जार्दै थियौं । मैले त्यहाँको असई सावसँग अनुरोध पनि गरेको थिए । त्यसपछि एकछिन पछि जानदिन्छु भन्नुभयो एक छिन तपाईको गाडि पार्किङ्ग गर्नुहोस भन्नुभयो । पनः केही मिनेटपछि हजारको पता दिनुहोस् नत्र जान दिन्न भनेपछि हामी फिर्किएका थियौं । तर हामीलाई सुर्खेत जानेभए एक हजार दिए जानदिन्छु भन्यो । उनले भने त्यसपछि हामीले पैसा दिन आएको होइन विरामी भेटन जान लागेका हौं भनेपछि हामी बबईबाट कोहलपुरतर्फ र्फकियौं । सोही दिनको भोलिपल्ट पनि आफ्नो मोटसाइकलमा फेरी बबईमा गए उनले टेलिफोन सम्बादमा भने फेरी सोही कार्य दोहो¥यो ।

ट्राफिक प्रहरीलाई मैले चिन्दिन उनले भने तर मानिसहरुलाई पैसा दिएपछि कोरोना नलाग्ने पैसा नदिएपछि कोरोना नलाग्ने भन्ने काँही हुन्छ उनले आरोप लगाए । म उदाहरण पात्र मात्र हुँ उनले भने म जस्तै हजारौ नागरिक यसरि ठगिदै आएको यात्रु धनिराम जैसिले बताए । बबईमा कोहलपुरबाट गएका मानिसहरुलाई सुर्खेत जान मिल्छ तर गाडिलाई भने मिल्दैन ।

कोरोना मानिसमा हुन्छ की गाडिमा हुन्छ ? कोरोना त मानिसमा हुन्छ होला नी किन मानिसलाई जान दिइरहेको उनले थप प्रश्न गरे । उता ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उदय सिंह सिजापतिले यस्तो गलत कार्य गर्ने र मनपरी रुपमा पैसा उठाउने प्रहरीलाई बुझेर कावाही गर्ने बताए ।

सोही दिनमा कस्को डिउटी त्यहाँ परेको थियौ त्यसलाई छानविन गरेपछि कारवाही गर्ने उनले भने । यस्तै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जनतालाई सास्ति दिनु गलत भएको बताए । यस्तो कार्य गर्ने जो कोहीलाई पनि कारवाही गरिदने उनले दावी गरे ।