बाँके, १५ साउन । पछिल्ला समयमा सुरप्रक्षाकर्मी, कर्मचारीहरुमा कोरोना संक्रमण हुनेक्रम तिब्र छ । यसैक्रममा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका ११ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आन्तरिक राजस्व कार्यालयका ११ जना कर्मचारीसहित विहीबार एकैदिन ३६ जनामा कोरोना संक्रमणपुष्टि भएको हो ।
कोरोना सङ्क्रमित हुनेहरुमा बाँकेका २७ जना, बर्दियाका ७ जना र दाङका २ जना रहेका छन् । यसैबीच बाँकेमा आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा घोषणा गरिएको छ ।
कोरोना सङ्क्रमणको दर बढ्दै गएकोले तीन दिने निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।











