काठमाडौं, १५ साउन । पछिल्लो समयमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला करीब १ लाखको नजिक पुगेको छ ।
बिहीवार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजारमा कारोवार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिनको तुलनामा प्रतितोलामा ५ सयले सुनको मूल्य बढेको हो ।
तेजाबी सुनको मूल्य पनि बढेर प्रतितोला ९८ हजार ५६० पुगेको छ । चाँदीको मूल्य भने प्रतितोला ।१ हजार २२५ मा कारोबार भइरहेको छ ।











