कालीकोट, १४ साउन । कालीकोटका विभिन्न स्थानमा गएको  परी ८ जना वेपत्ता भएका छन् । नरहरीनाथ गाउँपालिका ७ मा पहिरोले घर पुरेपछि एकै घरका ६ जना बेपत्ता भएका छन् ।

pairoस्थानीय गङ्गे बुढाको घर पहिराले पुरिदा ६ जना घरभित्रै पुरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । गङ्गे बुढाका ११ जना घर परिवारमध्ये ६ जना पुरिएको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकृत यक्षराज जोशीले बताए ।

घरभित्र पुरिनेहरूमा घरमुली वर्ष ६५ का गङ्गे बुढा, उनकी श्रीमती वर्ष ६१ की नैना बुढा, बुहारी वर्ष २४ की कुसा बुढा, वर्ष १० की नातिनी चन्द्रिका बुढा, उनका दुई नाति वर्ष चारका राम बुढा र ढेड वर्षका चरित्र बुढा रहेका छन् । बुढाकी छोरी बिमला बुढा भने पहिरोले पुरिएर घाइते भएकी छन् ।

त्यैगरी गएराति नै आएको पहिरोबाट नरहरीनाथ गाउँपालिका ४ का बले बुढाको पनि घर भत्किएको छ । बुढाको घर भत्किँदा श्रीमान श्रीमती घरभित्रै पुरिएका छन् । घर भत्किँदा ६५ वर्षीय बलेसहित उनकी ६३ वर्षीया श्रीमती मना बुढा पनि घरभित्र पुरिएका हुन् ।