इन्द्रेणी संवाददाता

काठमाडौं, १३ साउन। पूर्वमन्त्री सुनीलबहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा आज मंगलबामर आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापालाई पार्टी सदस्यता प्रदान गरेका हुन्।

sunilaकमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाबीच एकता भएपछि पार्टी परित्याग गरेका थिए । गत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका थापा लाई काग्रेसमा सहमहामन्त्रीको जिम्मेवारी दिने पनि चर्चा चलेको छ ।