इन्द्रेणी संवाददाता
काठमाडौं, १३ साउन । सरकारले लकडाउनको अन्त्य गरेसँगै नेपालमा कोरोना संक्रमितको संख्या उहालो लाग्न शुरु गरेको छ । आज दुई साता यताकै सबैभन्दा बढी थप ३११ जनामा संक्रमण पुष्टि भएको छ ।

koronaaस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १९ हजार ६३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

पछिल्लो चौबीस घण्टामा करिब ५ हजार २ सय जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा ३११ नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १२१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।