काठमाडौ, १३ साउन । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आज बोलाइएको स्थायी कमिटीको बैठक स्थगित भएको बताएपनि वालुवाटारमा सुरु भएको छ । बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

cpnआज बिहान ११ बजे बस्ने भनिएको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत व्यक्ति बालुवाटार पुगेर बैठक सुरु गरेका हुन् ।

बैठकमा नियमित एजेण्डामा छलफल सुरु भएको सहभागी नेताहरुले बताएका छन् । तर बैठकमा प्रधानमन्त्री ओली भने अनुपस्थित छैनन् । पार्टीमा वहुमत नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको दुबै पदबाट राजीनामा मागेपछि विवाद चुलिदै गएको छ । विवादका कारण करीव एक महिनादेखि बैठक स्थगित हुँदै आएको थियो । ओलीले दुबै पद कुनैपनि हालतमा नछोड्ने अडान राखेका छन् भने, प्रचण्ड, नेपाल, खनाल पक्ष ओलीलाई दुबै पद छोड्नुपर्ने अडानमा छन् ।