काठमाण्डौ, १२ साउन नेपालमा कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । वितेको २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पर्साको वीरगञ्ज नगरपालिकाका ६५ वर्षीय पुरुष र धनुषाको शहीनगर नगरपालिकाका ३६ वर्षीय पुरुषको आइतावार र बाराको ठेटा गाउँपालिका निवासी ६० वर्षीय पुरुषको आज सोमबार मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या ४८ पुगेको छ ।











