इन्द्रेणी संवाददाता
दाङ, ११ साउन । दाङमा हालसम्म जिल्लाका कूल कोरोना संक्रमितमध्ये ६०३ जना कोरोना मुक्त भएका छन् ।

koronana जिल्लामा कोरोना पुष्टि भएका ६४४ जनामध्ये ६०३ जना कोरोना मुक्त भइसकेको जिल्ला प्रशासन कार्यालय दाङअन्तर्गत जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

हालसम्म ५०७ जना पुरुष र ९७ जना महिला कोरोना मुक्त भइसकेकोकेन्द्रका सूचना व्यवस्थापन अधिकृत विश्व अर्यालले जानकारी दिएका छन् । उनका अनुसार अब जिल्लामा ३९ र एकजना जिल्ला वाहिर गरी ४० जना आइसोलेशनमा रहेका छन् ।

वेल्झण्डीस्थित कोरोना विशेष अस्पतालमा १९ जना, राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा २० जना र एक जना वुटवलस्थित आइसोलेशनमा रहेका छन् । जिल्लामा ५४६ जना पुरुष र ९८ जना महिला गरी ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।