कञ्चनपुर, ११ साउन। शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरा आज कार्यकक्षमै कुटिएका छन् । नेपाली काँग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समूहले उनीमाथि कुटपिट गरेको हो ।

kutpitआक्रमणबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युलगायतमा चोट लागेको छ । वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको छ ।