काठमाडौं, १०साउन ।

kp
प्रचण्ड : पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेर ऐतिहासिक र युगान्तकारी प्रक्रियाको थालनी गर्नुभो, तर स्वयं पुष्पलाललाई ००८ सालमा महासचिवबाट हटाइनु, ०१० सालमा महासचिव हुनबाट रोकिनु, ०१४ सालमा नीति र कार्यदिशा पारित हुने, तर नेतृत्वचाहिँ रायमाझी बन्ने विडम्बनापूर्ण स्थिति उहाँले भोग्नुपर्‍यो । तपाईं–हामीले पनि हिजोआज सायद त्यस्तै ९नियति० भोगेको पो हो कि, नीति एउटा पारित हुने, नेतृत्व अर्को हुने आजको समस्याको चुरो त्यतै कतै पो छ कि भनेर हेर्न पनि जरुरी छ भन्ने मलाई लाग्छ ।

माधव नेपाल : विधि र पद्धतिको पालना गरिन्छ भने विचारको टुंगो लगाउन सकिन्छ, संगठनलाई पनि सुचारु ढंगले सञ्चालन गर्न सकिन्छ । म नै राज्य भन्ने आफैँलाई सर्वोपरी ठानियो भने, आफूबाहेक दुनियाँमा अरूको केही अर्थ छैन भन्ने अहंकारको भावनाबाट चल्न थाल्यो भने त्यस्तो व्यक्तिको पतनबाहेक केही हुँदैन । त्यस्तो कोही अहंकारमा चुर्लुम्म डुबेको भए जोगिऊँ, उम्किऊँ, समय छ, तर धेरै ढिला हुन थालिसकेको छ । त्यसैले आन्दोलनको हितका निम्ति सुध्रिऔँ, नयाँ शिराबाट अघि बढ्ने संकल्प गरौँ ।

सहमति खोज्ने प्रयासस्वरूप एक महिनादेखि बन्धक बनिरहेको नेकपाको स्थायी कमिटीमाथि गम्भीर प्रश्न उठिरहेका वेला नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झन् दूरी बढेको संकेत देखिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारको भेटवार्तालगत्तै शुक्रबार सार्वजनिक कार्यक्रममार्फत अर्का अध्यक्ष प्रचण्डले पोखेको असन्तुष्टिले दुई अध्यक्षबीचको बढ्दो दूरीको प्रस्टै संकेत गरेको छ । नयाँ पत्रिकाबाट