काठमाडौँ, ६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा १५० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

koronaaस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ९६१ नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा १५० मा कोरोना पोजेटिभ देखिएको जनाएको छ । योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ९९४ पुगेको छ ।