दाङ, ६ साउन । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको गणेश समाज सुधार समितिको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रम आज मंगलवार सम्पन्न भएको छ ।

Ganes temple handoverएक औपचारिक कार्यक्रमको आयोजना गरी समितिका निर्वतमान अध्यक्ष दामोदर खनालले नवनिर्वाचित अध्यक्ष शंकर गौतमलाई गत आर्थिक बर्षसम्मको आय ब्यय बिवरण, जिन्सि विबरण र सदस्यता बिवरण सहित पद हस्तान्तरण गरे ।

पद हस्तान्तरण कार्यक्रममा बोल्ने बक्ताहरुले गणेश समाज सुधार समितिको ब्यवस्थापनमा सञ्चालनमा रहेको गणेश मन्दिरलाई थप ब्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन । कार्यक्रमको सहजिकरण समितिका सचिव निर्मल गौतमले गरेका थिए ।
यसैबिच गणेश मन्दिर सुधार समितिको नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले सल्लाहकार र सदस्य मनोनयन गरेको छ । आज मंगलवार सम्पन्न पहिलो बैठकले समितिको सल्लाहकारमा घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपाने र वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयलाई चयन गरेको छ । समितिको अध्यक्षले मनोनयन गर्न पाउने एक जना रिक्त सदस्यमा हेमराज शर्मालाई मनोनयन गरिएको बैठकपछि समितिका सचिव निर्मल गौतमले जानकारी दिए ।