राजविराज, ५ साउन । पछिल्लो दुई दिनयता अविरल वर्षासँगै सप्तरीको सप्तकोसी, खाँडो, बलान, महुली, जीता लगायतको नदीमा आएको बाढीले दुई सयभन्दा बढी घर परिवार प्रभावित भएको छ ।

dubanखाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको वार्ड नम्बर १, बेल्हीका ५०, वडा नम्बर ४ र ५ कोइलाडी र बरझुलाका एक सय घरमा पानी पसेको सो गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो । बस्तीमा बाढी पसेपछि उठीबासको अवस्था भएको उहाँले भन्नुभयो, ुखाँडोमा बाढीले खतरा तह पार गरिसकेको थियो । तर, अहिले बाढी कम भएको छ ।ु अझै पानी सतह बढेमा ती बस्तीका बासिन्दाहरूलाई उच्च स्थानमा सार्नुपर्ने उहाँले बताउनुभयो ।

खाँडो नदीमा आएको बाढीले खतरा तह पार गरेपछि तिलाठी कोइलाडी गाउँपालिका(३, सकरपुरास्थित खाँडो नदीको तटबन्धका स्परमा कटान सुरु भएको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले भन्नुभयो, ुबाढी कम भएपछि बाँधमा कटान पनि कम भएको छ ।ु खाँडोको बाढीले बनरझुला, कोइलाडी लगायत तीनरचार स्थानमा सडकमा क्षति पु(याएको उहाँले बताउनुभयो ।

त्यस्तै जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सप्तकोसी नदीको पूर्वी तटबन्ध छेउमा बसोबास गर्दै आएका करिब ५० घर सप्तकोसीको बाढीले डुबानमा परेको छ गोरखापत्र अनलाइनमा खबर छ। यसैगरी राजविराज नगरपालिका वडा नम्बर २, ५ र ६ का बस्तीमा वर्षाको पानी पसेपछि जलमग्न भएको छ । त्यस्तै जिल्लाको बलान, खडक, महुली, जिता नदीमा बाढी चाप उच्च रहेको छ । नदी आसपासका बस्तीमा पानी पसेको बताइएको छ ।