काठमाडौँ, २१ असार । कोरोनाका कारण नेपालमा यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन निर्णय गरेको छ।

slcआन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । कक्षा १२ को विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय भएको छैन ।