रोल्पा, ८ असार । पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले रोल्पाको गुरुङ गाउँमा बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । रोल्पा नगरपालिका–४ स्थित उक्त गाउँलाई होमस्टेका रूपमा विकास गर्ने उद्देश्य अनुसार भवन डिभिजन कार्यालय रोल्पाले उक्त संरचना बनाएको हो ।
भवन डिभिजन कार्यालय रोल्पाको सघन सहरी विकास कार्यक्रम मार्फत ३ ओटा भवन, मञ्च, पिकनिक स्पटलगायत भौतिक संरचना निर्माण गरिएको हो । होमस्टे सञ्चालन भइरहेको गुरुङ गाउँमा थप संरचना बनाएर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको गुरुङ गाउँ होमस्टेका अध्यक्ष हरिजङ गुरुङले बताए ।
रू। २ करोड ८९ लाख लगानीमा निर्माण भएका उक्त संरचनाहरू हालै एक कार्यक्रमका बीच भवन डिभिजन कार्यालयका प्रमुख महेशबहादुर सिंहले रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीलाई हस्तान्तरण गरेका छन् । ३ वर्ष अघिदेखि निर्माण शुरू भएको भवनलगायत संरचनाहरूको निर्माण सम्पन्न भएसँगै गुरुङ गाउँ होमस्टेका लागि थप व्यवस्थित भएको छ । नवनिर्मित बहुउद्देश्यीय भवनमा मिटिङ हल, गेस्ट रुम, किचेन रुमलगायत अन्य कोठाहरू पनि छन् अभियानमा खबर छ। यि संरचना बनाउन स्थानीय ६ जनाले जग्गादान गरेका थिए ।











