काठमाडौं, ५ असार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टामा नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो ।

koronaaयो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ जना पुगेको छ । शुक्रबार २१६ जना डिस्चार्ज भएका छन् । अहिेसम्म १४०२ जना कोरोना संक्रमण निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।