गुल्मी, ५ असार । गुल्मीमा होम क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । जेठ २५ गते भारतबाट आई होम क्वारेन्टाइनमा बसेका छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो ।
उनको बिहीबार आरडीटी जाँच गर्दा पोजिटिभ आएको र उनको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला, रुपन्देही पठाइएको स्वास्थ्य कार्यालय, गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले बताएका छन् ।











