इन्द्रेणी संवाददाता
दाङ, ४ असार । दाङमा अब दैनिक करीव एक हजार जनाको स्वाब परीक्षण हुनेछ । यस क्षेत्रबको कोरोना स्वाब परीक्षण गरिदै आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एउटा पिसिआर मेसिन थप गरिएपछि स्वाप परीक्षणको दायरा बढेको हो ।

koronaaविगतका समयमा एउटा पिसिआर मेसिनबाट दैनिक करीव २०० बढीको स्वाब परीक्षण गर्दै आएकोमा अब अर्काे मेसिन थपिएपछि दैनिक १ हजार स्वाब परीक्षण हुने प्रतिष्ठानले जनाएको छ ।

यसअघि स्वाब परीक्षणमा ढिलाइ भएपछि एकसातासम्म पनि रिपोर्ट नआएको गुनासो बढ्दै गएको थियो । प्रतिष्ठानमा अहिले पनि ४ हजार स्वाब परीक्षणको प्रक्रियामा छन् । थपिएको मेसिन बुधवार नै जडान गरी काम शुरु गरिएको छ ।