काठमाडौं, ४ असार । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।संविधान संशोधन विधेयकमाथि दफावार छलफल सकिएपछि मत विभाजनको आधारमा विधेयक सर्वसम्मत रुपमा पारित भएको हो ।

cabinetराष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभामा तत्काल कायम रहको कुल सांसद संख्या मध्ये प्रस्तावको पक्षमा हुन्छ भन्ने ५७ मत प्रस्तावको विपपक्षमा अर्थात हुन्न भन्नेमा शुन्य मत र मत दिन्न भन्ने पक्षमा शून्य मत परेको थियो ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि नयाँ नक्साअनुसार, निशान छाप परिमार्जन गर्न संविधान संशोधन विधेयक ल्याइएको थियो ।