तिर्थराज ज्ञवाली
देउखुरी, ३१ जेठ । कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरमा कोरोना संक्रमितहरुलाई शुक्रवारबाट राख्न शुरु गरिएको छ ।
दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगतका चार पालिकाहरुको संयुक्त पहलमा कोरोना संक्रमितहरुलाई राख्नको लागि राप्ती गाउँपालिकाको मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालयमा आइसोलेसन सेन्टर निर्माण गरिएको थियो ।

IMG_1421शुक्रवार राप्ती गाउँपालिका वडा नं १ , ३ र ४ नं वडाका ६ जना कोरोना पोजिटिभ देखीएका ५ जना पुरुष तथा १ जना महिलालाई उक्त कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरमा ल्याई राखिएको हो ।

६ जना कोरोना पोजिटिभ राख्नु पुर्वराप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी ले कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरको अवस्था, राखीएकाको लागि बस्न, खानको ब्यवस्था लगायतका विषयमा स्थालगत अनुगमन समेत गरेका थिए।

उक्त कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरमा राखीएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र कुनै शारिरीक समस्या नरहेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।
कोरोना पोजिटिभ ६ जनानै भारतबाट आएका र स्थानिय नवप्रतिभा क्वारेन्टीन र सिरीचौर क्वारीन्टिनमा बस्दै आएका थिए ।