इन्द्रेणी संवाददाता 

दाङ २७ असार । दाङ घोराहीको गोर्खा हस्पिटलमा उपचारका लागि भर्ना भएका एक बिरामीको मृत्यु भएपछी हस्पिटस्ल क्षेत्र अहिले तनाव ग्रस्त छ।

gorkha haspital1

घोराही नगरपालिका ६ गिठेपानी निवासी २७ बर्षीय रामु रोका मगर लाइ एपेण्डिक्स भएपछी परिवारले हस्पिटल पुर्याएका थिए ।अस्पतालले उनलाई एपेण्डिक्स भएको बताएपछि परिवारको मन्जुरीमा बिरामी रामुको  एपेण्डिक्सको अप्रेसन गरिएको थियो ।

13613679_1135777419818929_5520492143391440333_oअप्रेसन गरिसकेपछि आरामका लागि वार्डमा राखिएका रामुलाई असहज भइ उनि छटपटाउन थालेपछि परिवारले तुरुन्त हस्पिटललाई जानकारी गराएको र नर्सहरु डाक्टरलाई खबर गर्नुको साटो उल्टो बिरामीका आफन्त लाई नै हप्काएकाले हस्पिटलको गम्भीर लापरबाहीका कारण रामुको मृत्यु भएको परवार तथा आफन्तहरुको दावी छ ।

13653124_1135777373152267_2158896669359392212_oदोषी लाई कडा कारबाहीको माग र मृतकका आफन्त हरुलाई उचित क्षतिपुर्तीको माग गर्दै परिवार तथा आफन्त जान अहिले आन्दोलनमा छन् मृतक रामुको आमा, श्रीमती र एक नावालिका छोरी छिन ।