इन्द्रेणी संवाददाता
काठमाडौं, २४ जेठ । थप दुई जनाको मृत्युको कोरोना संक्रमणबाट मृत्यु भएपछि नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १३ पुगेको छ ।

death-child_n2Gm2H2Y46शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी धनगढी ४ की ५५ वर्षीया महिलाको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको छ । ती महिलाको डायलासिस गर्ने क्रममा मृत्यु भएको र कोरोना परीक्षण गर्दा पाजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

त्यसैगरी डोल्पाको जगदुल्लाहमा २१ गते राति ज्यान गुमाएका ५८ वर्षीय व्यक्तिको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ । नेपालमा ७० जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।