इन्द्रेणी संवाददाता
काठमाडौं, १९ जेठ। नेपालमा आज २२६ जना कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै पुरुष २१३ र महिला १३ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या १७९८ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमति पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । हालसम्म नेपालमा ५९ जिल्लामा कोरोना संक्रमण देखिएको छ । २२१ जना निको भएर घर फर्किएका छन् ।











