बुटवल, १९ जेठ । कपिलवस्तुमा पछिल्लो पटक ४७ जनामा कोरोना संक्रमति थपिएका छन् ।
काठमाडौंमा ३२६ जनाको स्वाब परीक्षण गर्दा ४० जनाको रिपार्ट पोजेटिभ आएको छ भने भैरहवा प्रयोगशालामा भएको परीक्षणमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ ।
योसँगै कपिलबस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ३१७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।











