इन्द्रेणी संवाददाता
सल्यान, १८ जेठ । कर्णाली प्रदेशको सल्यान जिल्लामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल सुर्खेतमा पिसिआर विधिवाट गरिएको स्वाब परीक्षणमा एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सल्यानमा कोरोना संक्रमण पुष्टि भएकाहरु बन्गाड कुपिन्डे नगरपालिकाका हुन्। जसमा वडा नं. १ का ४, वडा नंं २ का एक, वडा नं. ३ का ४ र वडा नं. ४ का ३ जना रहेका छन् ।
त्यस्तै वडा नं. ६ का १२ जना, वडा नंं ७ का एक जना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२३ पुगेको छ।











