काठमाडौं, १६ जेठ । नेपालमा कोराना संक्रमणबाट छैठौं व्यक्तिको मृत्यु भएको छ । अर्घाखाँची जिल्लाको भूमिका नगरपालिकाका ३५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको हो ।

death-child_n2Gm2H2Y46उनी भारतबाट नेपाल आउने क्रममा जेठ ११ गते नेपाल प्रवेश गरेको र नेपाल प्रवेश गर्दा स्वाबको नमुना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा ६ जनको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।