काठमाडौँ, १६ जेठ । नेपालमा आज एकैदिन १७० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

koronaaयो सँगै नेपालमा संक्रमित संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

त्यसैगरी मृतक संख्या ६ पुगेको छ भने २०६ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा ५२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।