दाङ, १६ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई १२०० लिटर स्यानिटाइजर सहयोग गरिएको छ । उपमहानगरपालिका भित्र रहेको स्वास्थ्य संस्था र स्थानीय सरकारले सो स्याजिनटाइजर प्रदान गरेका हुन् ।

101170106_246228169810862_2375362853105303552_nतुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको कोभिड–१९ प्रतिकार्यका लागि नीजि तथा साझेदारी परियोजना कार्यक्रमअन्र्तगत उत्पादन गरिएको स्यानिटाइजर उपमहानगरलाई प्रदान गरिएको टिम लिडर विनिल केसीले बताए । स्यानिटाइजर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको थियो ।