काठमाडौं, ११ जेठ । काठमाडौंको टोखामा आज विहान भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

accdentसामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को मोटरसाइकल र झोरबाट टोखातर्फ आउँदै गरेको बा ९१ प ११८८ को मोटरसाइकल टोखा नगरपालिका–२, पञ्चेटारमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकलका चालकद्धय मनोज दुलाल र पासाङ तामाङको मृत्यु भएको हो । दुबै टोखाका बासिन्दा हुन् । दुर्घटनामा दुलालकी आमा मथुरा दुलाल गम्भिर घाइते भएकी छिन् । उनको ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।