काठमाडौं, ८ जेठ । गृहमन्त्रालयले काठमाडौं उपत्यकाका सबै नाका सील गर्न उपत्यकाका सबै स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले काठमाडौँ उपत्यकाका सबै स्थानीय तहबाट काठमाडौं उपत्यका प्रवेशको आवागमनको स्रोत नै रोक्ने निर्णय गरेको हो ।

home minबैठकले काठमाडौं उपत्यकामा प्रवेश गर्नेहरुको क्रम बृद्धि हुँदा काठमाडौंमा बढी जोखिम बढेकाले अत्यावश्यक काममा बाहेक काठमाडौं उपत्यका प्रवेश निषेध गर्ने, उपत्यका प्रवेश गर्ने नाका सील गर्ने र लुकिछिपी प्रवेश गर्न नदिने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले नाका प्रवेश गर्ने स्थानीय तहहरुले त्यहाँ रहेका होटल, सामुदायिक भवनहरुलाई क्वारेनटाइन बनाउने, सशुल्क क्वारेनटाइनमा बस्ने व्यवस्था गर्ने, उपत्यका प्रवेश गर्नेले अनिवार्य रुपमा आरडिटी परीक्षणको रिर्पोट बुझाउनु पर्ने लगायतका आठ वटा महत्वपूर्ण निर्णय गरेको छ ।

dd