इन्द्रेणी संवाददाता
काठमाडौँ, ७ जेठ । नेपालमा दैनिक रुपमा कोरोना संक्रमितहरु बढ्दै गएका छन् । आज मात्रै विभिन्न जिल्लामा गरी थप २५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा एकजनालाई कोरोना पोजेटिभ देखिएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । अहिलेसम्म ३८ वटा जिल्लामा सङ्क्रमण देखिएको छ ।अहिलेसम्म ३५ हजार ४९४ पीसीआर परीक्षण र ७५ हजार ७२ आरडीटी परीक्षण गरिएको छ भने











