काठमाडौं २६ असार । सरकारले उत्तरी छिमेकी चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैंडा उपहारस्वरुप दिने निर्णय गरेको हो ।

12-YT-rhino-l_12_1392587gसूचना तथा संचारमन्त्री शेरधन राईले अध्ययन अनुसन्धान र शिक्षा प्रबर्द्धनका लागि चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको जानकारी दिए ।