काठमाडौँ, ३१ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।

CPN-Party-officeपार्टी मुख्यालयमा धूम्रबाराहीमा बिहान ११ बजे बस्ने भनिएको बैठक सदस्यहरूको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगित गरिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् ।

स्थायी कमिटीका ४५ सदस्य सबैको कोरोना भाइरस (कोभिड –१९) को परीक्षण गरेर मात्र बैठक बस्नेछ । अब बस्ने बैठक पार्टी एकतापछिको तेस्रो स्थायी कमिटी बैठक हुनेछ ।