इन्द्रेणी संवाददाता
काठमाडौं, २१ वैशाख। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते दुवै सदनको संयुक्त अधिवेशन आह्वान गरेकी छन् ।
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१)बमोजिम अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा शुक्रबार दिउँसो ४ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आव्हान गरेकही हुन् ।
मन्त्रिपरिषद्को आजै बसेको बैठकले सो अधिवेशनका लागि सिफारिस गरेको थियो ।











