इन्द्रेणी संवाददाता
दाङ, २१ बैशाख । बाँके र रुपन्देहीमा एक÷एक जना कोरोना संक्रमित भेटिएपछि दाङमा उच्च सर्तकता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाको नाकामा वाहिरबाट प्रवेश गर्नेमा कडाइ गरेको छ ।
अत्यावश्कका लागि अनलाइन आवेदनमार्फत सवारी पास दिदै आएको जिल्ला प्रशासन कार्यालय दाङले अहिले करीव करीव सवारी पासमा रोक लगाएको छ ।
कसैको मृत्यु नै भइहाल्यो भनेजस्ता अति भन्दा अत्यावश्यकभन्दा अन्यका लागि पास दिने कार्य रोकिएको प्रशासनले जनाएको छ । कोरोना जिल्लासम्म आउन नदिन विशेष सतर्कताका साथ काम भइरहेको र यसमा जनताले पनि साथ दिनुपर्ने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
बाँके र रुपन्देहीमा कोरोना संक्रमित भेटिएपछि राजमार्ग हुँदै जिल्ला प्रवेश गर्ने सवारीका साधनलाई पनि विशेष निगरानी गरिदै आएको छ भने जिल्ला प्रवेशमा पनि कडाइ गरिएको छ ।











