इन्द्रेणी संवाददाता
काठमाडौं, १७ बैशाख । बहराइनमा कोरोना संक्रमति नेपालीहरुको संख्या बढ्दै गएको छ । पछिल्लो समयमा मात्रै ७७ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

eeeयसअघि ४९ जनामा कोरोना संक्रमण देखिएको थियो । अहिले त्यहाँ कोरोना संक्रमति नेपालीहरुको संख्या १२६ पुगेको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

बहराइन अधिराज्यमा २८ अप्रिलसम्म १ लाख २१ हजार २६० जनामा कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको छ । जसमा संक्रमितको संख्या १५ सय ५६ जना रहेको छ ।