काठमाडौँ, १६ बैशाख । नेकपाभित्रको विवाद चर्कदै जाँदा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद शुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता शुरु भएको बालुवाटार स्रोतले जनाएको छ । छलफलबाट पार्टीको सचिवालय बैठक, स्थायी समितिको बैठक बोलाउने नबोलाउने र अहिले चुलिएको विवादबारे केही निष्कर्ष दिने अपेक्षा गरिएको छ ।











