शालिकराम मुसाफिर
लहलौरा, १६ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को प्रकोपमा जिल्ला बाहिरबाट आएका व्यक्तिहरुलाई राख्नको लागि तुलसीपुर–१६ लक्ष्मीपुरमा स्थापना भएको सामुदायिक क्वारेन्टाइनमा स्थानीय दाताहरुबाट खाद्यान्न तथा अन्य आवश्यक राहत सामाग्री आउँने क्रम जारी रहेको छ ।

IMG20200427150207सामुदायिक क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुलाई पोषिलो खानाको अभाव नहोस् भन्दै स्वतः स्फूर्तरुपमा स्थानीय दाताहरुले उक्त क्वारेन्टाइनका लागि भनेर राहत सामाग्री प्रदान गरिरहेको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य सचिव रोजेन्द्र के.सी.ले जानकारी दिए ।

पछिल्लो पटक तुलसीपुर–१६ फचकलुवाका यज्ञमूर्ति गौतमले १० के.जी. आलु, २ लिटर दुध, सोही ठाउँ निवासी चन्द्र बहादुर डाँगीले २ लिटर तेल, २ लिटर दुध, २ के.जी. चिनी, शंकर गौतम र निरज पोख्रेलले २५ के.जी. दाल, डण्ड बहादुर खत्रीले ५ पाथी चामल, नेपालु चौधरीले २५ के.जी आलु, मंगरु चौधरीले ५ के.जी. प्याज सहयोग प्रदान गरेका छन् ।

त्यसैगरी तुलसीपुर १६ रतगैंका विनोद चौधरीले २ के.जी. लौका, नन्द कुमार वलीले १० पोका नुन, सोही ठाउँ निवासी पार्वता कामीले साढे २ के.जी. टमाटर, आधा के.जी खुर्सानी, साढे २ के.जी. आलु, सुनिता चौधरीले साढे २ के.जी आलु सहयोग प्रदान गरेका छन् । तुलसीपुर–१६ लहलौरा निवासी राजकमल आचार्यले ५ माना दुध, श्रीधर देवकोटाले ४ माना दुध, अर्जुन देवकोटाले ५ के.जी. प्याज, दुर्गा बस्नेतले १० के.जी. कुखुराको मासु सहयोग गरेका छन् ।

त्यसैगरी तुलसीपुर १६ लहलौरा निवासी गिरीराज के.सी.ले ४ माना दुध, सागर पशुपंक्षी फर्म तुलसीपुरले १ सय के.जी. चामल, श्री भूपति म्यानुफ्याक्चरिङ जहदागाउँले ४ सय के.जी. चामल, श्री उद्देश्य खतिवडा र प्रतिमा खतिवडाले ३ सय के.जी. चामल, तुलसीपुर १८ बिजौरी निवासी बालकृष्ण रेग्मीले १० लिटर खाने तेल सहयोग गरेको वडा अध्यक्ष भूप बहादुर के.सी.ले जानकारी दिए ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिको कार्यालय स्वास्थ्य महाशाखाका प्रमुख ओम प्रकाश न्यौपाने लगायतको टोलीले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।

क्वारेन्टाइनमा बिभिन्न जिल्लाबाट आएको महिला ९ र पुरुष २० गरी २९ जना व्यक्ति रहेको वडा अध्यक्ष के.सी.ले जानकारी दिए । राहत सामाग्री सहयोग गर्ने व्यक्ति तथा उद्योगलाई सम्मान स्वरुप धन्यवाद प्रमाण–पत्र समेत प्रदान गर्ने गरिएको छ । उहाँहरुको नामावली वडाको मुखपत्रमा समेत छापीने वडा अध्यक्ष के.सी.ले बताए ।