इन्द्रेणी संवाददाता
घोराही, १३ बैशाख । लकडाउनका कारण समस्या परेमा श्रमिक र बिपन्न नागरिकका लागि उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा मावि रझेनाले १ लाख दिने निर्णय गरेको छ ।
विद्यालय ब्यवस्थापन समितिको आज सम्पन्न बैठकले १ लाख सहयोग गर्ने निर्णय गरेको अध्यक्ष जीवन गौतमले बताएका छन् । राहत कोषमा विभिन्न तहबाट सहयोग हुँदै आएको छ ।











