इन्द्रेणी संवाददाता
दाङ ११, बैशाख । लकडाउनको समयमा दाङ जिल्ला उद्योग वाणिज्य संघले चालेको कदमप्रति मुस्लिम संगठन नेपालले ध्यानाकर्षण भएको जनाएको छ । संगठनका केन्द्रीय सचिवालय सदस्य कुतबुद्धिन फारुकीलाई फसाउने नियतका साथ उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा गर्ता गरेको प्रति संठगनले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
संगठनका जिल्ला अध्यक्ष अताउल गनी (सनी) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै संघले साइवर क्राइममा मुद्दा गर्ता गरेको घटनाले आफूहरुलाई दुःखीत तुल्याएको भन्दै संगठनका अध्यक्ष सनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा मुस्लिम अल्पसंख्यकलाई नहेप्न र यस खालका गतिविधि नदोर्याउन आग्रह गरिएको छ ।
सामाजिक सञ्जालमा जनताको तर्फबाट दिएको अभिव्यक्तिलाई आधार बनाएर साइवर क्राइममा संगठनका केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिलाई फसाउन खोज्नु गलत कार्य भएको विज्ञप्तिमा जनाइएको छ । ‘जनसरोकारको विषयमा मुस्लिम नेताले दिएको अभिव्यक्तिलाई साइबर क्राइमका रुपमा मुद्दा गर्दा गर्ने दाङ जिल्ला उद्योग वाणिज्य संघको हर्कतप्रति गम्भीर दुःख व्यक्त गर्दछौं’,विज्ञप्तिमा भनिएको छ, ‘आयन्दा यस्ता गतिविधि नगर्न सम्बन्धित पक्षलाई चेतावनी दिन चाहन्छौं ।











