काठमाडौं, ८ बैशाख। स्वास्थ्य सामग्रीमा कालोबजारी गर्दा गर्दै रङ्गेहात पक्राउ परेका शंकर समूहका सञ्चालक सुलभ अग्रवाललाई थप १० दिन हिरासतमा राखिने भएको छ ।

unnamedआइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप अनुसन्धान गर्न १० दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला प्रशासनले यसअघि पनि दुईपटक गरेर १२ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

अग्रवाल चैत २५ गते ३ हजार ५०० पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा मूल्यमा विक्री गर्दा गर्दै प्रहरीले पक्राउ गरेको थियो ।