तिर्थराज ज्ञवाली
देउखुरी, २१ चैत । दाङको राप्ती गाउँपालिकाका वडाहरुले कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्ने कार्य शुरु गरेका छन् ।

IMG_9756राप्ती गाउँपालिकाका ९ वटै वडाहरुबाट विपन्न तथा लगडाउनबाट प्रभावित घरपरिवारलाई चामल, नुन, तेल लगाएतका सामग्री वितरण सुरु गरिएको हो । दैनिक रुपमा कामकाज गरेर दैनिक आम्दानी गर्ने तथा अपांगता, जेष्ठ नागरिक र असहाय वर्गका घरपरिवारलाई समेत राहत वितरण गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।

५३ हजार बढी जनसंख्या रहेको राप्ती गाउँपालिकामा करिव १ हजार बढी गरिव विपन्न घरधुरीलाई यस लकडाउनका कारण प्रथम चरणमै खाद्य समस्या पर्न गएकोले पुर्ण रुपले लगडाउनको पालना गर्न अनुरोध गर्दै गाउँपालिकाले घरघरमै र टोल बस्तीमै गएर प्रथम चरणको राहतका सामाग्री वितरण सुरु गरेको र अर्को चरणमा राहत प्राप्त गर्ने घरधुरीमा बृद्धिहुने समेत गाउँपािलिकाले आकलन गरी राहतको प्याकेज निर्माण् गरेको प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाले बताए ।

वडा गत रुपमा घरमै गएर साथै टोलटोलमा जनप्रतिनिधि तथा कर्मचारीहद्धारा परिवार संख्याको आधारमा प्रथम चरणमा ५ देखी १० किलो चामल, एक एक किलो दाल, २ प्याकेट नुन, एक लिटर तेल र दुई पिस साबुन वितरण गरिएको हो ।

गाउँपालिकाले वडा नं १ मा ३५ परिवारलाई प्रथम चरणमा राहत वितरण गरेको वडा अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिए । टोलटोलमा जनप्रतिनिधि तथा टोलसुधार संस्थाका प्रतिनिधिहरुद्धारा छनौट गरिएको परिवारलाई राहत उपलब्ध गराईएको र आगामी दिनमा समयानुकुल सहयोग गर्दै जान समेत वडा अध्यक्ष तारा बहादुर डिसीले बताए ।

त्यस्तै राप्ती गाँउपालिका वडा नं २ का १ सय २ बढी घरधुरीलाई सरकारले निर्देश गरेको राहत सहयोग बमोजिम खाद्य सामाग्री उपलब्ध गरिएको वडा सचिब सीता भण्डारी आचार्यले जानकारी दिइन्। लकडाउनको समय अवधि बढ्दै गएमा गाउँ गाउँमा थप राहत वितरण गर्ने योजना समेत रहेको वडा अध्यक्ष जगत बहादुर थापाले जानकारी दिए ।

खुरुरिया, बागढड्डी, बसन्तापुर, आर्दश टोल (मसुरीया), आचार्य टोल बड्का टोल ,छुट्की टोल, उत्तर मसुरीया ,चौधघरे , नयाँबस्ती, पैसट्ठी नम्वर गाउँ रहेको वडा नं ३ का करिव १ सय बढी परिवारलाई राहत सामाग्री वितरण गरिरहेको वडा सचिव दामोदर पोख्रेलले जानकारी दिए ।